Saturday, January 23, 2010

मायालु ... !

मेरो आँगनमा उसले
घाम पठायो
शीत पठायो
खामभित्र चराको सुसेलीसँगै
उसले गुनगुनाउने धुन पठायो ।

म मौन बसेपछि छोडेर गयो
मलाई उडाउन नसक्ने आँधी भनेर ।

ऊ फर्किएपछि
मैले उसलाई घाम पठाउन सकिनँ
शीत पठाउन सकिनँ
खामभित्र चराको गीत पठाउन सकिनँ ।

उसले साँचेको हुनसक्छ मेरो लागि-
मीठो-नमीठो सम्झना गहिराइ
बेनिन्द्रा मुस्काउने एकान्त
बग्दो हावामा अल्झिएको समर्पण
फूलको शीत
शीतको गहिराइमा डुबेको नदीफूल
हृदयमा लुकाएको तस्बिर
थोपाथोपा पीडा
छुट्नुअघिको सम्झनास्पर्श
सेताफूलमूनि ओझेल परेको छाया
मेरो लागि रोपेको हुँदो हो उसले
फूलमा ओर्लने बिहान
जलकुम्भीमुनि लुक्ने आँसुतलाउ
गहिरो आकाशमा उड्ने नीला याद
पलपल आगोमा डुब्दै गरेको आश
चुल्ठोभरि छरिएको सुदूर सम्झना

सपनामा बर्बराउँदै भन्दो हो
हावा लागेको रुखको पातमा
पछ्यौरी बनेर फरफराउने मायासलाम तिमीलाई…!

मायालु…!
आगोमा उभिएको आँधीसलाम तिमीलाई…!
हाँस्न नसकेको आँसुसलाम तिमीलाई…!
तिमीले नदिएको घामसलाम तिमीलाई…!

3 comments:

Ramesh said...

Seema deedi,
Got your blog from the dashboard of Bhutaneseliterature.com. Thank you for linking it. I just remembered the days in Morang Campus, your days in Free Student Union. Seems that you are in Kathmandu these days. I tried to get your ID, could not get it.
Well, I am following your blog now and will keep reading. Hope that the days are passing by well. Keep blogging.

Ramesh Gautam
www.bhutaneseliterature.com
www.rameshgautam.com/mypage

Milan Limboo said...

Sima Jee So Like This

Anonymous said...

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं
adams.credi@gmail.com: सम्पर्क अब यो इमेल एक ऋण आवश्यक